असार २४, २०८२ मंगलबार July 8, 2025

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

भारत सरकारद्धारा पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ वैशाखः नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गर्नुभएको हो ।

भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो । इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टे«पटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो । यी खोपले सिकलसेल एनिमिया र थालसेमिया सङ्क्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा कूल जनसङ्ख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या छ । विशेषगरी थारु समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने उहाँले बताउनुभयो । “हामीले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेका छौँ । भारतले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौँ । हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुनेछन् । ”, मन्त्री पौडेलले भन्नुभयो ।

भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब चार हप्तामा थप औषधि आउने बताउनुभयोे । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको छ । मन्त्रीज्यूको अनुरोधमा यो सहयोग गरेको हौँ । यी औषधि र खोपले थारु समुदायलाई सहयोग हुने अपेक्षा गरेका छौँ । केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेका थियौँ । क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारीमा छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार