बैसाख १३, २०८२ शनिबार April 26, 2025

कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द

हरेक दिन बिहान १० देखि बेलुका ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कान्ति लोकपथ सडक १५ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं पुग्ने कान्ति लोकपथअन्तर्गतको ठिंगन–बगुवा सडकखण्डमा चट्टान कटान सुरु गर्न आगामी १५ दिनसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनानुसार, २०७९–८० को सडक चौडाइ विस्तार परियोजनाअन्तर्गत गंगटे नजिकको ‘भाँडडाँडा’ क्षेत्रमा रहेको जोखिमयुक्त चट्टान हटाउने काम गरिनेछ । यस क्रममा वैशाख १८ देखि जेठ १ गतेसम्म हरेक दिन बिहान १० देखि बेलुका ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ ।

आयोजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार, यस सडकखण्डको सिंगल लेनलाई डबल लेन बनाउने कार्यका साथै ढलान निर्माण तथा कालोपत्रे समेत गरिनेछ । निर्माण कार्य एम/फाइभ सर्वशक्ति–पञ्चकन्या–सनस्टार जेभी कम्पनीले गरिरहेको छ भने सुपरिवेक्षण कान्ति राजमार्ग सडक आयोजना, चाकुपाट ललितपुरले गरिरहेको छ ।

२०८१ असोज १३ गते आएको भारी वर्षाका कारण क्षति पुगेको बागमती पुलमा बेलीब्रिज जडान गर्ने काम पनि तीव्रगतिमा अघि बढिरहेको बज्राचार्यले बताइन् ।

प्रशासनले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिमा काठमाडौं–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार
ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ
२०८२ बैसाख १३, शनिबार
चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक
२०८२ बैसाख १३, शनिबार
‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’ – मुख्यमन्त्री आचार्य
२०८२ बैसाख १३, शनिबार
नेपाल सुपर लिग : ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल खेल हुँदै
२०८२ बैसाख १३, शनिबार
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
२०८२ बैसाख १३, शनिबार