जेठ ९, २०८२ शुक्रबार May 23, 2025

नेपाल सुपर लिग : ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल खेल हुँदै

प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ ।

ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिड्न आइपुगेका हुन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशि घोषणा गरेको हो। जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया