असार २२, २०८२ आइतबार July 6, 2025

१२१ बर्ष पछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टी हुदैँ

यसअघिका अन्य ७ पोपहरू पनि सान्ता मारिया म्यागियोरमा गाडिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रोम, १३ बैशाख । पोप फ्रान्सिसको अन्त्येष्टि आज अर्थात अप्रिल २६ हुदैँछ ।

उनको अन्त्येष्टिमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु देखी विश्वभरका नेता र आम जनता जम्मा हुने भएका छन् ।

पोपको ८८ वर्षको उमेरमा गत अप्रिल २१ मा हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि सेन्ट पिटर बासिलिकामा राखिएको थियो ।

Pope Francis Funeral - 26/04/2025 - YouTubeआफ्नो मृत्युको अघिल्लो दिन पोप फ्रान्सिसले इस्टर आइतबारको लागि मौन आशीर्वाद दिएका थिए। उनले विज्ञप्ति जारी गर्दै गाजालगायत विश्वभर चलिरहेको द्वन्द्वका बारेमा चर्चा गर्दै शान्ति कायम गर्न अपिल गरेकासमेत थिए ।

खासमा अब पोप फ्रान्सिसलाई भ्याटिकन भित्र गाडिने छैन। उनी एक शताब्दीभन्दा बढीमा भ्याटिकनबाहिर गाडिने पहिलो पोप हुनेछन्। पोपलाई सामान्यतया भ्याटिकन सिटीको सेन्ट पिटर्स बासिलिका मुनिको गुफाहरूमा गाडिने चलन थियो तर पोप फ्रान्सिसलाई रोमको टाइबर नदीको अर्को किनारमा रहेको सान्ता मारिया म्यागियोर बासिलिकामा गाडिने भएको छ।

पोपले सान्ता मारिया म्यागियोर बासिलिकामा उनको अन्त्येष्टि गर्ने बारेमा डिसेम्बर २०२३ मा हुने खुलासा गरेका थिए। उनले म्यागियोर बासिलिकासँग विशेष सम्बन्ध महसुस गरेको बताएका थिए । तिनीहरू भर्जिन मेरीको सम्मानमा सधै आइतबार बिहान यहाँ जानेसमेत गर्दथे ।

Pope Francis funeral: 250,000 people bid farewell to pontiff who said 'build bridges, not walls' | World News | Sky Newsयसअघिका अन्य ७ पोपहरू पनि सान्ता मारिया म्यागियोरमा गाडिएका छन्। पोप लियो तृतिया भ्याटिकन बाहिर गाडिएको अन्तिम पोप थिए। उनको मृत्यु १९०३ मा भएको थियो ।

उनको अन्त्यस्टीसँगै नयाँ पोप चयन प्रक्रिया पनि सुरू हुनेछ । यस प्रक्रियालाई ‘पापल कन्क्लेभ’ भनिन्छ। यसको अर्थ पोप चयन गर्न कार्डिनलहरूको गोप्य बैठक हो। यो सम्मेलन सामान्यतया पोप पद रिक्त भएको १५ देखि २० दिन पछि सुरू हुन्छ ।

How to visit Rome for Pope Francis' funeral and conclave | CNNखासमा कार्डिनलहरू क्याथोलिक धर्मका वरिष्ठ पुजारीहरूको समूह हो । तिनीहरूको काम पोपलाई सल्लाह दिनु हो। प्रत्येक पटक पोप यी कार्डिनलहरू मध्येबाट छनोट गरिन्छ। तर, पोप बन्नका लागि कार्डिनल हुन भने आवश्यक छैन। जस्तो कि अर्बन छैटौं, कार्डिनल कलेजबाट निर्वाचित नभएका अन्तिम पोप थिए। जो सन १३७९ मा पोप भएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार