असार २२, २०८२ आइतबार July 6, 2025

खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ – मुख्यमन्त्री कार्की

पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको संयुक्त प्रयासमा खेलकुदबारे पठनपाठन र रङ्गशालासहित अन्य सामग्रीको व्यवस्था गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने बताउनुभएको छ ।

मनमोहन मेमोरियल कप फाउन्डेसन इनरुवाद्वारा आजदेखि विराटनगरमा आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ उद्घाटन गर्दै उहाँले ग्राम स्थापनाबाट समग्र खेलकुद क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको संयुक्त प्रयासमा खेलकुदबारे पठनपाठन र रङ्गशालासहित अन्य सामग्रीको व्यवस्था गरिने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले आगामी तीन वर्षभित्र यस क्षेत्रमा क्रिकेटका लागि अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद रङ्गशालामा यही वैशाख १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । ५० ओभरको ‘लिगकम नकआउट’ का आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी बल, नेपाल आर्मीका विभागीय टोली, बागमती, कोशी प्रदेश र भारतको आसाम क्रिकेट क्लबको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु चार लाख, दोस्रोलाई रु दुई लाख प्रदान गरिने छ भने उत्कृष्ट हुने विधागत खेलाडी र प्लेयर अफ दी म्याचलाई नगद पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतियोगितामा नेपालका ‘क’ श्रेणीका क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ । आयोजकले यसअघि सुनसरीको इनरुवामा २०७५ सालमा पहिलो र २०७६ मा दोस्रो चरणको प्रतियोगितामा सम्पन्न गरिसकेको छ ।

आज भएको खेलमा साबिक विजेता नेपाल आर्मीको त्रिभुवन क्लबले सशस्त्र प्रहरी क्लबलाई दुई विकेटले पराजित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार