असार २२, २०८२ आइतबार July 6, 2025

शानदार प्रदर्शनसहित बार्सिलोनाको ‘कोपा डेल रे’मा कब्जा

बार्सिलोनालाई ‘कोपा डेल रे’को उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १४ वैशाख। बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियाल मड्रिडमाथि अतिरिक्त समयमा ३-२ गोलको जित हात पार्दै ‘कोपा डेल रे’को उपाधि जितेको छ । एल क्लासिको भिड्न्तमा बार्सिलोनाका लागि जुल कुन्डेले निर्णायक गोल गरे ।

सेभिलमा आज विहान भएको खेलको निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । २८औं मिनेटमा पेड्रिले, लमिन यामलको सहयोगमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा यहि नतिजा कायम रह्यो । ब्रेकपछि किलियन एम्बाप्पे सब्सटिच्यूट खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि रियालको खेलमा सुधार आयो । ७०औं मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काए ।

७७औं मिनेटमा आर्दा गिलेरको कर्नरमा चुवामेनीले गोल गरेपछि रियाल २-१ ले अघि रहेको थियो । तर अन्तिम समयसम्म जोगउन भने सकेन । ८४औं मिनेटमा बार्सिलोनाका फरान टोरेसले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

१ सय १६औं मिनेटमा कुन्डेले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । बार्सिलोनाको यो कीर्तिमानी ३२ औं ‘कोपा डेल रे’ उपाधि हो । अन्तिम समयमा रियाल दश खेलाडीमा समेटिएको थियो । लुकास भाकेज रातो कार्ड पाउँदै मैदान बाहिरिएका हुन् ।

हान्जी फ्लिकको बार्सिलोनाको प्रशिक्षकका रुपमा यो पहिलो मुख्य उपाधि हो । प्रशिक्षक फ्लिकले अहिलेसम्म खेलेका सात फाइनल हारेका छैनन् । बार्सिलोनाले यो सिजन स्पेनिस सुपर कपको उपाधि पनि जितेको थियो । अब उसको नजर ला लिगा र च्याम्पियन्स लिगमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार