असोज ९, २०८३ शुक्रबार September 25, 2026

विदेशका नेपालीलाई साझा सोचका साथ अघि बढ्न उपसभापति खड्काको आग्रह

विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, वैशाख १८ गते । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले साहसिक निर्णय लिएकाले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताउनु भएको छ ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गर्नुभएको हो । उहाँले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आपूmहरु तयार रहेको बताउनुभयो । उहाँले संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गल्ती भएका कुराहरुमा आपूmहरु सुध्रिन तयार रहेकोसमेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मध्यपूर्वको भ्रमणका क्रममा आफूले परराष्ट्र, श्रम मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयसँग र सम्बन्धित मुलुकका मन्त्रालयहरुमा तत्काल परिचालन गरी दुतावासहरुमा पैसासमेत पठाएर सुधारका कामहरु गरिएको थियो । वर्तमान परराष्ट्रमन्त्रीले पनि विदेशमा कार्यरत नेपालीहरुको सहजताका लागि काम गर्नुभएको छ । संसारमा छरिएर रहेका नेपाली निराश छैनन् । नेपाल बनाउनुपर्छ भन्ने मन मुटुमा बोकेर विदेशमा रहेका नेपाली लागि परेका छन् ।

विदेश तथा स्वदेशमा भएका युवाहरुमा रहेको निराशाको समाधानका लागि आफुहरु काम गर्न तयार छौं । यसमा नेपाली काँग्रेस निराशा चिर्न जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न पछि पर्दैन । काँग्रेसले स्थायित्व र संविधान निर्माणका विषयमा पनि गम्भीरतापूर्वक काम गरिरहेको छ । साथै, अहिले संविधान संशोधन गरेरै भएपनि सबै दललाई मिलाएर लिएर जाने र संसारका नेपालीलाई समेत एकसाथ लिएर हिड्ने जिम्मेवारीपनि कांग्रेसले नै लिन्छ । त्यसैले, प्रमुख प्रतिपक्षी दलहरुले अफवाह फैलाउने काम गरिरहेकोले त्यसलाई समेत चिर्न काँग्रेसले भुमिका खेल्नेछ ।’’

उहाँले मुलुकका समस्या समाधान गर्न विदेशमा रहेका नेपाली र मुलुकभित्र रहेका नेता तथा युवा जमातले प्रतिवाद गर्दै एकभएर अघि बढ्ने समय आएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार