असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले संसदीय दलको बैठक आज बस्दै

संसद्मा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २० गते । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ः०० बजे बस्नेगरी दलको बैठक बस्ने तय भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, संसद्मा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया