काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशैभर माअोवादीको गतिशीलता बढेको र जनतामा पनि विश्वास बढ्दै गएको बताएका छन् । आज (शनिबार) तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादी फेरि आफ्नै खुट्टामा आगामी चुनाव लड्न सक्ने अवस्थामा पुगेको बताएका हुन् ।
उनले आगामी २०८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पार्ने दाबी गरे । माओवादी सामाजिक सञ्जालमा एक नम्बरतिर उकालो लागिरहेको र जनमत आकर्षित पारिरहेको बताए ।
अध्यक्ष प्रचण्डले अहिले आफूहरुले व्यवस्थाको विरुद्धमा आवाज उठाउनेहरुलाई जवाफ दिएको बताए । ‘अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बिचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौँमा जसरी राजावादीहरूको वितण्डा देखा पर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनपर्छ भनेर अभियान रोकेर काठमाडौँ आएर हामी सबैको सहभागितामा हामीले ठुलै धक्का दियौँ,’– उनले भने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया