असार २२, २०८२ आइतबार July 6, 2025

गाजामा इजरायली आक्रमण हुँदा तीन शिशु सहित ११ जनाको मृत्यु

मार्च १८ पछि पुनः सुरु भएको आ क्रमणदेखि हालसम्म कम्तीमा दुई हजार ३९६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजाको नागरिक रक्षा निकायले शनिबार जानकारी दिएको अनुसार दक्षिणी गाजास्थित खान युनिस शरणार्थी शिविरमा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ, जसमा एक वर्षभन्दा कम उमेरका तीन शिशुहरू पनि छन् ।

नागरिक सुरक्षा प्रवक्ता महमूद बास्सालका अनुसार बिहान ३ बजे (स्थानीय समय) खान युनिसको अल–बयराम परिवारको घरमा गरिएको आक्रमणमा ज्यान गुमाउनेहरू एउटै विस्तारित परिवारका सदस्यहरू हुन् । तीमध्ये पहिचान भएका आठ जना मध्ये एक वर्षका छोरा, एक वर्षकी छोरी र एक महिनाको शिशु पनि परेका छन् ।

इजरायली सेनाका प्रवक्ताले एएफपीसँग कुरा गर्दै आक्रमणको पुष्टि गर्नुभयो र सो कारबाही ‘एक आतङ्ककारी हमास सदस्यलाई लक्षित गरी गरिएको’ बताइएको छ । तर थप विवरण दिइएको छैन ।

घटनास्थलमा उद्धारकर्मीहरू र स्थानीय बासिन्दाहरूले खण्डहरमा खोजी कार्य गरेका थिए । एएफपीका एक पत्रकारले खिचेको भिडियोमा एक उद्धारकर्मीले भग्नावशेषबाट एक शिशुको निर्जीव शरीर बाहिर ल्याएको देखिन्छ ।

नजिकैको भवनमा बसोबास गर्ने फाइका अबु हाताबले भन्नुभयो,“म उज्यालो चमक देखेँ, त्यसपछि विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुलोले ढाकियो । केही देख्न सकिएन, सबै अँध्यारो भयो ।” उहाँले थप्नुभयो,“हाम्रा सबै झ्यालहरू फुटेका छन्, कोठाहरू क्षतिग्रस्त छन्, छिमेकीको घर पूर्ण रूपमा ध्वस्त भएको छ ।”

इजरायलले मार्च १८ देखि हमासविरुद्धको युद्धमा दुई महिनाको युद्धविरामपछि पुनः आक्रमण सुरु गरेको हो । उक्त युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार मार्च १८ पछि पुनः सुरु भएको आ क्रमणदेखि हालसम्म कम्तीमा दुई हजार ३९६ जनाको मृत्यु भइसकेको छ । कुल मृतक सङ्ख्या ५२ हजार ४९५ पुगेको बताइएको छ ।

शुक्रबार मात्रै इजरायली आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको थियो । यस क्षेत्र मार्च २ देखि पूर्ण इस्रायली नाकाबन्दी अन्तर्गत रहँदै आएको छ ।

इजरायलले हमासले मानवीय सहायता अप्ठ्यारो पारिरहेको आरोप लगाउँदै गाजामा सहयोग सामग्री पठाउने कार्य रोकेको छ । इजरायली पक्षले नाकाबन्दीले हमासमाथि बन्धक मुक्त गराउने दबाब सिर्जना गर्ने उद्देश्य रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घका विभिन्न निकायहरूले गाजामा भइरहेको मानवीय सङ्कटबारे चेतावनी दिँदै इजरायललाई सहायता प्रवाहमा लगाइएको रोक हटाउन अनुरोध गरेका छन् । उनीहरूले भोकमरीको गम्भीर जोखिमसमेत उल्लेख गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार