असार २२, २०८२ आइतबार July 6, 2025

चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने : क्रेमलिन

भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, वैशाख २१ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्नुहुने क्रेमलिनले आइतबार जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने जनाएएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशका राष्ट्रप्रमुख र सरकारका मन्त्रीहरू सहभागी हुने भ्रमणको शिलशिलामा द्विपक्षीय दस्तावेजहरूको शृङ्खलामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे ९ मा रुसले आयोजना गरेको दोस्रो विश्वयुद्धमा जर्मनीमाथिको युद्धमा विजय प्राप्त गरेको उपलक्ष्यमा युक्रेनमा जारी युद्धमा तीन दिने युद्धविरामको आदेश दिनुभएको छ ।

चीनले तीन वर्षे युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा चित्रित गरेको छ यद्यपि पश्चिमा सरकारहरूले रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्वपूर्ण आर्थिक र कूटनीतिक सहयोग दिएको बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार