काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा बेसक्याम्पतिर लागेका छन् । उनी हिजो (बैशाख २० गते) लुक्ला पुगेर फाक्दिन, नाम्चे हुँदै सगरमाथा बेसक्याम्पको यात्रामा अगाडि बढेका छन् ।
उनले हिमाल यात्रामा निक्लदैगर्दा आफ्नो अघिल्लो साताको कार्य विवरणसमेत प्रष्ट पारेका छन् ।
उनले अघिल्लो हप्ता शिक्षक आन्दोलनको माग सम्बोधन गर्न गराउन पार्टी पदाधिकारी र सरकारका सम्बन्धित मन्त्रीहरूसँग छलफलमा निरन्तर सक्रिय भएको, राज्यव्यवस्था समितिमा निजामती विधेयक छलफलमा सहभागिता जनाएको, झापा १ को आवश्यकताबारे अर्थमन्त्री र अन्य मन्त्रीहरुसँग भेटघाट र छलफल गरेको उल्लेख गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया