काठमाडौं : पाकिस्तानी सुपर लिग (पीएसएल) खेलिरहेका अष्ट्रेलियन ब्याटर मिचेल ओवेनले पञ्जाब किङ्सबाट आइपीएल खेल्ने भएका छन्।
ग्लेन म्याक्सवेल औँलाको चोटको कारण प्रतियोगिताबाट बाहिरिएपछि पञ्जाबले उनको प्रतिस्थापनमा ओवेनलाई टिममा भित्र्याएको हो।
अष्ट्रेलियन २३ वर्षीय ओवेन हाल पीएसएलको टिम पेशावर जाल्मीमा खेलिरहेका छन्। पीएसएलको टिम जाल्मीसँग उनले १८ मेसम्म सम्झौतामा रहेका छन्। पीएसएलमा उनको टिमको यात्रा रहँदासम्म उनले त्यहाँ खेल्नेछन्। त्यसपश्चात उनले सकभर छिटो पञ्जाब किङ्सको टिममा आबद्ध हुनेछन्।
ओवेनले यदि पञ्जाब प्लेअफ पुगेको खण्डमा टिममा आएर खेल्नेछन्। आइपीएल २०२५ सिजनको प्लेअफ २० मेबाट सुरु हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया