असार २२, २०८२ आइतबार July 6, 2025

प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

प्रतियोगितामा विभिन्न सात इभेन्टमा प्रतियोगिता गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। सो प्रतियोगिताको पहिलो दिन एक सय खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन्।

नुवाकोटमा पहिलो पटक जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको हो। प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे।

उनले खेलाडीहरूको पहिचान र क्षमता प्रदर्शनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। खेलबाट खेलाडीहरूको शारीरिक, मानसिक स्थिति मजबुत हुनुका साथै खेलकुद गतिविधि चलायमान भएको बताए।

यही वैशाख २३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न सात इभेन्टमा प्रतियोगिता गराइने नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार