काठमाण्डौंः पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोलीले उपाधि जितेको हो ।
यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा इरानी टिम, भारतीय टिम, गण्डकी प्रदेश टिम र तीन विभागीय टिमहरू त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ गरि ६ टिमको सहभागिता रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया