असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको स्पष्टोक्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गर्नुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताउनुभयो ।उहाँले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भए पनि काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रूपमा अभाव रहेको बताउनुभयो । उहाँले सङ्घीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको जानकारी दिनुभयो ।

उहाँले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौँ बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताउनुभयो । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताउनुभयो ।

यसैगरी, मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले सिफारीस गरेको बिमा प्रणाली लागु गर्न सकेमा आम नागरिकले कम पैसामा गुणस्तरीय सेवा पाउन सक्ने बताउनुभयो । साथै उहाँले यो वर्ष नयाँ–नयाँ स्वास्थ्यका कार्यक्रमा नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिनुभययो ।

यसैगरी, मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरेको उल्लेख गर्नुभयो । उहाँले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा विस्तार गरिरहेको बताउनुभयो । उहाँले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए चार प्रतिशत लगानीले नपुग्ने उल्लेख गर्नुभयो ।

त्यस्तै, उहाँले यो वर्ष वीर अस्पतालको दुवाकोटमा अस्पताल निमार्णका लागि डिपिआर गर्न बजेटमा समावेश गराएको जानकारी दिनुभयो ।

उहाँले नेपालमा गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आए पनि नेपालमा टिकाउन मुस्किल पर्ने बताउनुभयो । यो समस्या रोक्न सरकारले ध्यान दिनुपर्ने बेला आएको जिकिर गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार