असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा थप ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टी, १३४ जना सङ्क्रमित निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो चौबिस घण्टामा ६४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू ९ हजार २ सय २१ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ६६० पुगेको जानकारी दिनुभयाे । प्रवक्ता गौतमले हाल ८ हजार जनामा आइसोलेसनमा रहेको जानकारी दिनुभयो । हाेम आइसोलेसनमा ४९७ रहेका छन् । क्वारेन्टिनमा १५ हजार २४३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ३३५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडाैँमा १७२ जना नयाँ थपिएका छन् । काठमाडाैँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना थपिएका छन् । आज पर्सामा एक पुरुष र मोरङ जिल्लामा एकजना महिलाको कोभिड-१९ कारणले मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया