असार २२, २०८२ आइतबार July 6, 2025

आईपीएल : कोलकातामाथि चेन्नाइको रोमाञ्चक जीत

डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलकाता । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो । टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गरेको हो । कप्तान एमएस धोनी १७ रन बनाएर अविजित फर्किएका छन् ।

डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाएका छन् । उर्भिल पटेलले ११ बलमा ३१ रन बनाए । वैभव अरोराले ३ विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिएका थिए ।

इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर ब्याटिङ रोजेको थियो र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाउन सफल भएको थियो ।

जसअनुसार कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए । आन्द्रे रसेलले ३८ र मनिष पाण्डेले अविजित ३६ रनको योगदान दिए । नूर अहमदले ४ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।

चेन्नईले यो सिजनको तेस्रो खेल जितेको हो । टोलीको १२ खेलपछि ६ अंक छ र टोली तल्लो स्थानमा छ भने कोलकाताले १२ मध्ये ६ खेलमा जीतेर र ६ खेलमा हार बेहोरेको छ । टोलीको ११ अंक छ । छैटौं नम्बरमा नाइट राइडर्सको टोली छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार