असार २२, २०८२ आइतबार July 6, 2025

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिनुभएको छ ।

“म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,” काट्जले एक विज्ञप्तिमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ । बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ ।”

हिजबुल्लाह र हमाससँगै यमनका हुथी विद्रोहीहरू इजरायल र उसको सहयोगी संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको धुरी’ को हिस्सा हुन्।
हिजबुल्लाहले सन् २०२३ को अक्टोबरमा आफ्नो सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो ।

नोभेम्बरमा भएको युद्धविरामसँगै समाप्त भएको शत्रुताको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई छियाछिया बनाइदिएको छभने हमासको नेतृत्व अक्टोबर ७ मा भएको आक्रमणबाट सुरु भएको युद्धमा ध्वस्त भएको छ ।

हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए ।

इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ ।

इजरायलले विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको विमानस्थल र राजधानी र वरपरका विद्युत गृहमा आक्रमण गरेर हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको थियो ।

अमेरिका र हुथी विद्रोहीबीच युद्धविराम सम्झौता गराउन पहल लिएको मध्यस्थ ओमानले मङ्गलबार सम्झौताको घोषणा गर्दै सम्झौताले रेड सीमा ‘आवागमनको स्वतन्त्रता’ सुनिश्चित गर्ने बताएको छ । यमनी विद्रोही समूह हुथीले गाजामा हमासमाथिको इजरायली आक्रमणविरूद्ध सहयोग गर्न रेड सी क्षेत्रमा पानीजहाजमा आक्रमण गर्दै आएको छ ।

हुथी विद्रोहीले यमनमा हप्तौँदेखि जारी अमेरिकी आक्रमणको अन्त्य भएको सम्झौताका बावजुद रेड सीमा इजरायल र इजरायल समर्थक मुलुकका जहाजलाई निशाना बनाउने प्रतिबद्धता जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार