असार २२, २०८२ आइतबार July 6, 2025

कोप चेसमा सिलवाल र फूयाल अगाडी

युवा खेलाडी पुरुले सिएम पुरुषोत्तम चौलागाईं र आशीषले प्रकाशचन्द्र नेपाललाई पराजित गर्दै सबै खेल आफ्नो अनुकुल पार्न सफल भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे -यापिड रेटिङ चेस प्रतियोगिता २०८२ को पहिलो दिनको पाँच राउन्डको खेल सकिदासम्म नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फूँयाल समान ५ अंक जोडेर शीर्ष स्थान ओगटेका छन् । युवा खेलाडी पुरुले सिएम पुरुषोत्तम चौलागाईं र आशीषले प्रकाशचन्द्र नेपाललाई पराजित गर्दै सबै खेल आफ्नो अनुकुल पार्न सफल भएका छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी जीवन विमाको प्रस्तुतीमा भएको स्पर्धामा एफएम क्षितिज भण्डारी, एफएम रुपेश जैसवाल र सुरोज महर्जन तिन जना खेलाडीले समान ४.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन् । नेपाल च्याम्पियन रुपेश जैसवाल र क्षितज भण्डारी बिचको खेल बराबरीमा सकेको थियो भने सुरोजले कमल श्रेष्ठ माथि जीत दर्ता गरेका हुन् ।

ढुक ढुक होइन ढुक्क भएर खेलौं भन्ने थिमका भएको खेलमा भारतीय खेलाडी आशुतोष कुमार यादव ४ अंक बटुलेर तेस्रो स्थानमा रहन सफल भएका छन् । उनी सँगै नेपालका अपत्यारिलो खेलाडी राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआईएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सिएम भगवती प्रसाद शर्मा, बद्रीलाल नेपाली समान ४ अंक प्राप्त गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी जीवन विमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले चेस खेलेर शुरु भएको प्रतिस्पर्धामा प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, हर्क बहादुर चोङ्वाङ, उज्वल दहाल, धिरेन राई, बेदु सरुमगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापाले ४ अंक जोडेका छन् ।

यस्तै महिला तर्फ नेशनल बी च्याम्पियन बिनिता कपाली र नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी अग्रस्थानमा रहन सफल भएका छन् । प्रतियोगितामा नेपाल र भारतका १२४ जना खेलाडी सहभागी मध्ये विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।

दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन् । तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।

द्घाटन समारोहमा महासंघका उपाध्यक्ष डिवी बस्नेत, महाप्रबन्धक सुरेश थापा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रि गुरागाई, नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनको उपस्थिति थियो । प्रतियोगिता २०८२ बैशाख २६ गतेसम्म संचालन हुने छ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे ¥यापिड रेटिङ चेस प्रतियोगिता २०८२ बैशाख २५ गतेबाट शुरु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार