असार २२, २०८२ आइतबार July 6, 2025

आइसिसी विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ‘ए’ टोलीसँग दुई वटा अभ्यास खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय टोलीको घोषणा गरेको हो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

टोलीमा रोहित र दीपेन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल रहेका छन् ।

विश्वकप लिग–२ लगत्तै स्कटल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छनोट भएका छन् ।

छनोट भएका खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नामावली लिग–२ को खेलहरू समापन भए सँगै सार्वजनिक गरिने क्यानले जनाएको छ ।

नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ ।

त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ‘ए’ टोलीसँग दुई वटा अभ्यास खेल्ने कार्यतालिका छ ।

नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ ।

लिग–२ को खेल जेठ १९ देखि सुरु हुनेछ भने टी–२० शृङ्खला असार २ देखि शुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार