काठमाण्डौः पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमाण्ड प्राधिकरण (एनसीए) को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शरीफले देशको राष्ट्रिय सुरक्षा र परमाणु हतियार प्रयोगसम्बन्धी निर्णय गर्ने उच्च नागरिक–सैन्य निकाय राष्ट्रिय कमाण्ड अथोरिटी (एनसीए) को बैठक बोलाएको अलजजिराले बताएको छ ।
राष्ट्रिय कमाण्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ । भारतको ‘अपरेसन सिन्दूर’ पछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ ।
केही दिनदेखि दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन् । पाकिस्तानले पनि ‘अपरेशन बुन्यान उल मार्सूस’ सुरु गरेको छ । यसले भारतीय सैन्य अड्डाहरू लक्षित आक्रमण सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया