असार २२, २०८२ आइतबार July 6, 2025

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसहरूको आश्रय स्थल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोर्टो (सुडान) ।  सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् ।

डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन् । उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य सङ्कटले गम्भीर रूपमा प्रभावित छ ।

डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसहरूको आश्रय स्थल बनेको छ । पछिल्लो समय नियमित सेनासँगको युद्धमा संलग्न रहेको आरएसएफले यस्ता शिविरहरूलाई निशाना बनाउन थालेको छ ।

अबु सुक शिविर, जो जामजाम शिविर नजिकै रहेको छ, अप्रिलमा आरएसएफले गरेको विनाशकारी आक्रमणपछि खाली भएको थियो। संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा झन्डै १० लाख शरणार्थीहरू रहेको जानकारी दिएको छ ।

यो द्वन्द्व सेना प्रमुख अब्देल फताह अल–बुरहान र पूर्व आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति सङ्घर्षको रूपमा सुरु भएको हो । संयुक्त राष्ट्रसङ्घले यो युद्धलाई विश्वकै सबैभन्दा गम्भीर मानवीय सङ्कटको रूपमा चिनिएको जनाएको छ ।

हाल सेनाले देशको उत्तर, पूर्व र केन्द्रमा नियन्त्रण जमाएको छ भने आरएसएफले पश्चिमी र दक्षिणी क्षेत्रका धेरै भागमा प्रभुत्व जमाएको छ । रासस /एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार