असार २२, २०८२ आइतबार July 6, 2025

“सिरीयामा मानवीय सङ्कट गहिरिँदै, अपिलमा मात्र १० प्रतिशत सहयोग”

सिरीयामा मानवीय सङ्कटबाट प्रभावित करिब ८० लाख मानिसलाई सहायता पुर्‍याउने लक्ष्यसहित राष्ट्रसङ्घद्धारा सहयोगको अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, वैशाख २७ गते । सिरीयामा नोभेम्बर महिनादेखि हालसम्म ६ लाख ७० हजार मानिस विस्थापित भएका छन् भने १० लाखभन्दा बढी नागरिक आफ्ना घरमा पुनः फर्किएका संयुक्त राष्ट्रसङ्घ मानवतावादी निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानविय सहायतासम्बन्धी समन्वय कार्यालयका अनुसार विस्फोटक पदार्थ तथा अन्य खतरनाक उपकरणहरूको जोखिमबिच मानिसहरू देशभरि आवतजावत गरिरहेका छन्, जसका कारण हालसम्म पनि सिरीयामा नागरिकहरू गम्भीर रूपले घाइते र मृत भइरहेका छन् ।

सन् २०२४ को डिसेम्बर १२ गतेदेखि अहिलेसम्म तीन सय ६७ जनाको ज्यान गएको छ र पाँच सय ४२ जना घाइते भएका छन्, तीमध्ये एक तिहाइ बालबालिका रहेका छन् ।

राष्ट्रसङ्घले आफ्नो साझेदार संस्थाहरूको सहयोगमा विस्थापितहरूका लागि अस्थायी आवास, जीविकोपार्जनका अवसर सिर्जना, खानेपानी आपूर्ति सुधार, खाद्यान्न तथा पोषण सहयोग जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । यद्यपि, आर्थिक अभावका कारण यी कार्यहरू सञ्चालन गर्न कठिनाइ भइरहेको जनाइएको छ ।

हाल सिरीयामा मानवीय सङ्कटबाट प्रभावित करिब ८० लाख मानिसलाई सहायता पुर्‍याउने लक्ष्यसहित राष्ट्रसङ्घले दुई अर्ब डलर बराबरको सहयोगको अपिल गरेको छ, तर हालसम्म त्यसको केवल १० प्रतिशत अर्थात् करिब २० करोड डलर मात्र जुट्न सकेको छ ।  रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार