काठमाण्डौं, वैशाख २८ गते । अखिल नेपाल किसान महासङ्घ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार सर्वसम्मत चयन भएका छन्। ताप्लेजुङमा सम्पन्न ७ औँ जिल्ला अधिवेशनमार्फत नयाँ १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
नवगठित कमिटीमा उपाध्यक्ष मणिकुमार मगर, सचिव इन्द्र लेछर्वो, सहसचिव मधु इजम, र कोषाध्यक्ष हरिप्रसाद सिग्देल चयन भएका छन्। श्रमजीवी किसानहरूको हकहित र अधिकारका लागि सङ्गठित आवाजको रूपमा काम गर्दै आएको महासङ्घको नयाँ नेतृत्वमा विभिन्न समुदाय र भूगोलका प्रतिनिधिहरू समेटिएका छन्।
कमिटी सदस्यहरूमा केशवप्रसाद दाहाल, छिनाम दोर्जी तामाङ, विजय नेयोङ, लक्षमण लिम्बू, सुशिल एभेङ, यामकुमार लिम्बू, टङ्कप्रसाद लिम्बू, र युगेन अन्छङबो रहेका छन्। यस्तै, सदस्यतर्फ गोन्दिराज बराल, छत्र गुरुङ, लिलामाया कार्की, सुमन गुरुङ, कृष्णबहादुर कार्की, दीपक राई, कुलराज न्यौपाने, भगिरथ माबो र लाखध्वोज लिम्बू पनि निर्विरोध चयन भएका छन्।
नेकपा (एमाले) ताप्लेजुङका सचिव सन्तोष चाम्लिङका अनुसार अधिवेशन पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूको सहभागितामा सम्पन्न भएको हो। महासङ्घले आगामी दिनमा किसानको हकहितमा थप सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया