असार २२, २०८२ आइतबार July 6, 2025

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

विश्वका दुई ठूला अर्थतन्त्र बीचको वार्षिक ६०० अर्ब डलरको व्यापार सहज हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ बैशाख । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको हो । यो चीनसँग चलिरहेको व्यापार युद्धको बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ठूलो जीत मानिएको छ।

ह्वाइट हाउसले मे ११ मा एक विज्ञप्तिमा चीन व्यापार सम्झौताको घोषणा गर्‍यो। यद्यपि ह्वाइट हाउसले यसको विवरण दिएको छैन। चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गर्ने बताए।

यसै क्रममा उप वाणिज्य मन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर हुने बताए ।

अमेरिकी अधिकारीहरूले यसलाई व्यापार घाटा कम गर्ने सम्झौताको रूपमा वर्णन गरेका छन जबकि चिनियाँ अधिकारीहरूले भने कि दुई पक्ष महत्त्वपूर्ण सहमतिमा पुगेका छन् र नयाँ आर्थिक वार्ता सुरु गर्न सहमत भएका छन्।

गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए, जसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्म कर लगाएको थियो । जसका कारण विश्वका दुई ठूला अर्थतन्त्र बीचको वार्षिक ६०० अर्ब डलरको व्यापार लगभग ठप्प हुनेवाला थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार