असार २४, २०८२ मंगलबार July 8, 2025

निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ७३ जनाले सेवा लिए

गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिवेणी (रुकुम पश्चिम), ३० वैशाख । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट तीन सय ७३ जनाले सेवा लिएका छन् ।

वडा नं ११ को खोलागाउँमा सञ्चालित शिविरबाट दुई सय ३० र वडा नं ७ नार्जीमा एक सय ४३ जनाले सेवा पाएका मानव विकास तथा सामुदायिक सेवा केन्द्रका आपतकालीन स्वास्थ्य सेवा परियोजना संयोजक कुमेर परियारले जानकारी दिए ।

उनका अनुसार शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रक्त समूह परीक्षणलगायत स्वास्थ्य परार्मश सेवा प्रदान गरिएको थियो । चौरजहारी नगरपालिकासँगको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाले शिविर आयोजना गरेको हो । गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया