असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी केन्द्रले लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने

जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वीरूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने भएको छ ।

जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वीरूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने सो पार्टीले जनाएको छ ।

जेठ ८ र ९ गते गरी बागलङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ । पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिनुभयो ।

अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्षनेताहरू जनभेटघाट, अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ । सहिद, बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताउनुभयो ।

माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक–एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक–एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो । उक्त अभियान जेठ महिनाभर चल्न सो पार्टीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया