असार २२, २०८२ आइतबार July 6, 2025

आइसिटीमा सुनुवाइ पूरा नभएसम्म बंगलादेशमा हसिनाको पार्टी माथी प्रतिबन्ध

आरोपहरूसँग सम्बन्धित धेरै मुद्दाहरू हाल अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण र अन्य घरेलु फौजदारी अदालतहरूमा विचाराधीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका, ३० बैशाख । सरकारले मानवता विरुद्धको अपराध र राज्यलाई अस्थिर बनाउने प्रयास गरेको आरोपमा अवामी लिग र यसका सहयोगीहरूलाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा सुनुवाइ पूरा नभएसम्मका लागि आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ।

बंगलादेशको गृह मन्त्रालयले सोमबार जारी गरेको राजपत्रमा सूचना अनुसार आतंकवाद विरोधी (संशोधन) अध्यादेश, २०२५ को दफा १८(१) बमोजिम उक्त निर्णय गरिएको हो । राष्ट्रपतिको आदेशबाट जारी भएको आदेश तत्काल लागू हुनेछ।

पार्टीका नेता तथा कार्यकर्ता विरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा चलिरहेको न्यायिक कारबाही पुरा नहुँदासम्म प्रतिबन्ध कायम नै रहने भएको छ ।

उक्त आदेश अनुसार सन् २००९ जनवरी ६ मा सरकार गठन भए देखि गत अगस्ट ५ मा विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट हसिना पदच्युत नभएसम्म अवामी लिग र यसका सहयोगीहरूले देशभर व्यापक हिंसा र दमनका कार्यहरू गरेको उल्लेख छ। थप रूपमा राजनीतिक विपक्षी र असन्तुष्ट नेताहरू माथि आक्रमण, जबरजस्ती बेपत्ता, गैरन्यायिक हत्या, यातना र बलात्कार पनि समावेश गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि, ‘अगस्टविद्रोहमा पार्टी र यसका सरोकारवाला निकायहरू जबर्जस्ती बेपत्ता, हत्या, जिउँदै जलाउने, नरसंहार, गैरकानूनी थुनामा राख्ने, अमानवीय यातना, लुटपाट, आगजनी, आतंककारी गतिविधि र मानवता विरुद्धको अपराधमा संलग्न रहेको’ उल्लेख छ । यी आरोपहरूमा दुबै स्वदेशी र अन्तर्राष्ट्रिय रिपोर्टहरूले पुष्टि गरेको सरकारको दावी छ ।

यी आरोपहरूसँग सम्बन्धित धेरै मुद्दाहरू हाल अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण र अन्य घरेलु फौजदारी अदालतहरूमा विचाराधीन रहेका छन्।

अवामी लिग सरकारको पतन पछि यसका सदस्यहरू र कार्यकर्ताहरूले चलिरहेको न्यायिक कार्यवाहीलाई अवरोध गर्ने, जनतालाई डराउने र राष्ट्रिय एकता तथा  सार्वभौमसत्तालाई खतरामा पार्ने उद्देश्यका गतिविधिहरूमा संलग्न रहेको जनाईएको छ।यस अनुसार विद्रोहका सहभागी माथि आक्रमण, उत्तेजक जुलुस आयोजना गर्ने, राज्य विरोधी पर्चाहरू वितरण गर्ने र सामाजिक सञ्जालमा भड्काउने भनाइहरू दिने, विशेष गरी पार्टीका प्रमुख, अपदस्थ प्रधानमन्त्री शेख हसिनालगायत विदेशमा बसोबास गर्ने फरार नेताहरूका आक्रमणहरू समावेश रहेका छन्।

सरकारी तथा निजी सम्पत्तिमा क्षति पु¥याउने लगायतका कानुनी व्यवस्था उल्लंघनको प्रयास पनि भएको सरकारको दाबी छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार