असार २२, २०८२ आइतबार July 6, 2025

पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

पाकिस्तानी सरकारले सन् २०२५ मा अफगानहरूलाई आफ्नो देशमा निष्कासन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल, वैशाख ३० गते । पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ प्वाइन्ट हुँदै गत हप्ता अफगानिस्तान फर्केको मन्त्रालयले बतायो । पाकिस्तानले गत वर्ष हजारौँ अफगान कैदीलाई रिहा गरी अफगानिस्तान फिर्ता पठाएको छ ।

करिब ७० लाख अफगान शरणार्थी हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश कागजातविहीन आप्रवासी छन्  र अफगानिस्तानको छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् ।

पाकिस्तानी सरकारले सन् २०२५ मा अफगानहरूलाई आफ्नो देशमा निष्कासन गर्ने तयारी गरेको छ ।

अफगान अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीका रूपमा विदेशमा बस्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार