काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफ २ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल गर्यो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह ुबीु बाट भारत समूह बिजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । समूह ए बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । श्रीलंका र भुटान प्रतियोगिताबाट बाहिरिए ।
नेपालले सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ । अर्को सेमिफाइनल खेल भारत र माल्दिभ्सबिच हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया