असार २२, २०८२ आइतबार July 6, 2025

दक्षिण कोरियामा रोजगारी वृद्धि

निर्माण र थोक र खुद्रा उद्योगहरूमा गुमाएको रोजगारी क्रमशः एक लाख ५० हजार र तीन हजार पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, वैशाख ३१ गते । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्याङ्कले जनाएको छ ।

तथ्याङ्क कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको सङ्ख्या एक लाख ९४ हजार अर्थात शून्य दशमलव सात प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको ।

समग्र रोजगारी वृद्धि वृद्धवृद्धाद्वारा सञ्चालित थियो । ६० वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगारीको सङ्ख्या वार्षिक आधारमा अप्रिलमा तीन लाख ४० हजारले बढेको छ र ३० वर्ष उमेर समूहका लागि यो सङ्ख्या ९३ हजारले बढेको छ ।

१५–२९ वर्ष उमेर समूहका लागि रोजगारी एक लाख ७४ हजारले घटेको छ भने ४० र ५० वर्ष उमेर समूहका लागि रोजगारी ५१ हजार र १४ हजारले घटेको छ ।

गत वर्षको सोही महिनाको तुलनामा अप्रिलमा उत्पादकहरू बीचको रोजगारी एक लाख २४ हजारले घटेको छ । यो सन् २०१९ फेब्रुअरीपछि छ वर्षभन्दा बढीमा सबैभन्दा कम हो र लगातार १०औँ महिनामा गिरावटको प्रवृत्ति रहेको छ ।

निर्माण र थोक र खुद्रा उद्योगहरूमा गुमाएको रोजगारी क्रमशः एक लाख ५० हजार र तीन हजार पुगेको छ । यो लगातार १२औँ र १४औँ महिनामा घट्दै गएको छ ।

स्वास्थ्य तथा समाज कल्याण सेवा, विज्ञान तथा प्रविधि सेवा र सूचना तथा सञ्चार क्षेत्रमा रोजगारीको सङ्ख्या दुई लाख १८ हजार, एक लाख १३ हजार र ७२ हजार पुगेको छ ।

अप्रिलमा बेरोजगारको सङ्ख्या आठ लाख ५४ हजार थियो । यो एक वर्ष अघिको तुलनामा ३१ हजारले कम हो । बेरोजगारी दर शून्य दशमलव एक प्रतिशतले घटेर दुई दशमलव नौ प्रतिशतमा प्रतिशतमा झरेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार