असार २२, २०८२ आइतबार July 6, 2025

छत्तीसगढ र तेलंगानाको सिमानामा ३१ माओवादी मारिएकाे प्रहरीको दाबी

४५० वटा आईईडी र अत्याधुनिक हतियार बनाउने चारवटा कारखाना पनि सुरक्षा बलले ध्वस्त पारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको छत्तीसगढ र तेलंगानाको सिमानामा अवस्थित विजापुरको करेगुट्टालु पहाडमा विगत २४ दिनदेखि जारी अपरेसनमा सुरक्षा बलले ३१ माओवादी मारेको दाबी गरेको छ ।

छत्तीसगढका प्रहरी महानिर्देशक अरुणदेव गौतम र सीआरपीएफका महानिर्देशक जीपी सिंहले पत्रकार सम्मेलनमा यस पहाडमा संदिग्ध माओवादीहरूले राखेका ४५० वटा आईईडी र अत्याधुनिक हतियार बनाउने चारवटा कारखाना पनि सुरक्षा बलले ध्वस्त पारेको बताए ।

प्रहरीले बताएअनुसार करेगुट्टालु पहाड लगभग ६० किलोमिटर लामो र पाँच किलोमिटरदेखि २० किलोमिटर चौडा पहाडी क्षेत्र हो, जुन ३००–३५० सशस्त्र माओवादीहरूको लुक्ने ठाउँ थियो ।

पत्रकार सम्मेलनमा अधिकारीहरूले २१ अप्रिलदेखि ११ मे सम्म करेगुट्टालु पहाडमा माओवादीहरूसँग मुठभेडका २१ घटना भएको बताए । यस अवधिमा, २४ अप्रिलमा तीन, ५ मेमा एक, ७ मेमा २२ र ८ मेमा पाँचजनाको शव निकालिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया