काठमाण्डौंः आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल ५ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ र बहराइनको ३ खेलमा १ अंक छ ।
वर्षाले प्रभावित खेलमा बिहीबार नेपालले ५६ रनको लक्ष्य ५.४ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले ७ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाइन् । पुजा महतोले १३ रनको योगदान दिइन् ।
पहिला ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाएर ७६ रन जोड्दा वर्षाले खेल रोकिएको थियो । बहराइनका लागि रासिका रोड्रीगोले २४ रन जोडेकी थिइन् ।
अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भए वा वर्षाले खेल रद्द भए नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।
छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया