असार २४, २०८२ मंगलबार July 8, 2025

उपेन्द्र यादवले भने, ‘भुमी सम्बन्धी बिधेयकको बिरोध रहन्छ’

सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमी सबन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् ।

केपी ओली सरकारले भुमी सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् ।

‘भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया