असार २४, २०८२ मंगलबार July 8, 2025

कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्छौँ : अध्यक्ष नेपाल

घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युबारे सत्यतथ्य उजागर गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

३२ औँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा विभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराए।

घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने उनले बताए। अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेको योगदानको स्मरण गर्दै उनले अब आफूहरु कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया