काठमाडौं, ३ जेठ । दमक नगरपालिकाका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए ।
विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया