असार २३, २०८२ सोमबार July 7, 2025

गभर्नर नियुक्तीमा चलखेल त भइरहेको छैन भन्ने मलाई डर लागेको छ : शेखर कोइराला

सभापति शेरबहादुर देउवाले राम्रो र डेमोक्र्याट मान्छे नै गभर्नर बन्ने भनेर आश्वस्त पारेकोले ढुक्क रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले अहिले देशमा सुशासनको साटो कुशासन हाबी भएको आरोप लगाएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गभर्नर नियुक्ती प्रक्रियामा संविधान मिचिएको विषय उठाउँदै देशमा सुशासन नभएर कुशासन भएको दाबी गरेका हुन् ।

उनले गभर्नर नियुक्ती प्रक्रियामा चलखेल त भइरहेको छैन भन्ने आफूलाई डर लागेको सुनाए । तर, सभापति शेरबहादुर देउवाले राम्रो र डेमोक्र्याट मान्छे नै गभर्नर बन्ने भनेर आश्वस्त पारेकोले ढुक्क रहेको पनि कोइरालाले सुनाए ।

उनले भने,‘अहिले गभर्नर नियुक्ती गर्न ढिलाई भयो, संविधान मिचिएको छ, मलाई आशंका छ कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि कतै त्यो चलखेल त भइरहेको छैन, मलाई यसमा डर लाग्यो। मेरो चिन्ता त्यहाँ छ। म भन्न सक्दिनँ राष्ट्र बैठकको कुरा, सभापतिसँग कुरा गर्दा राम्रो मान्छे नै नियुक्त हुन्छ भनिराख्नुभएको छ। चिन्ता छैन। तर यो कुरा सोच्दा बुझ्दा खेरी कतै गडबड त भइरहेको छैन हाम्रो देशमा भन्ने छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया