असार २५, २०८२ बुधबार July 9, 2025

पछिल्लो २४ घन्टामा थप १०१६ जनामा कोरोना सङ्क्रमण पुष्टि- मृतकको सङ्ख्या ११४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घन्टामा थप १०१६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित प्रेस मिटमा मन्त्रालयमा प्रवक्ता प्राडा जागेश्वर गौतम ले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०१६ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेका छ ।

हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ५८० रहेको छ । देशभरमा क्वारेन्टिनमा रहेको सङ्ख्या १३ हजार ९२६ रहेको छ । देशभर जम्मा १० हजार ५६३ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृतकको सङ्ख्या ११४ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया