असार २२, २०८२ आइतबार July 6, 2025

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा

बिजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पथरी –  मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्ती खेल मैदानमा प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने छ।

कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा हुने टि-२० फर्म्याटको प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोली सहभागी हुनेछन्। प्रतियोगितामा दैनिक दुई खेल सञ्चालन गरिने छ।

प्रतियोगिताको बिजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपबिजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफीबाट पुरस्कृत गरिने छ।

प्रतियोगिताको उद्घाटन भव्य समारोहसहित जेठ १० गते गरिने आयोजकले जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा समूहका सचिव प्रेम केडीले प्रतियोगिता आयोजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा आयोजक टोलीको जर्सी समेत सार्वजनिक गरिएको थियो।

प्रतियोगिता सञ्चालनका लागि ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने समूहका अध्यक्ष सागर थापाले जानकारी दिए।

स्थानीय डाँस मोरङ सामुदायिक वन मुख्य प्रायोजक रहेका छन् भने ग्लोबल भुटानीज अर्गनाइजेसन सह–प्रायोजक रहेका छन्। पत्रकार सम्मेलनमै प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार