असार २३, २०८२ सोमबार July 7, 2025

शिक्षक दरबन्दी मिलान तत्काल स्थगन गर्न काठमाडौंका ६ शिक्षक संघ-संगठनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विद्यालय शिक्षकसँग सम्बन्धित विभिन्न पेसागत संघसंगठनले दरबन्दी मिलान कार्य तत्काल बन्द गर्नसहित विभिन्न ११ सूत्रीय माग राख्दै काठमाडौं महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन्।

शिक्षकका पेसागत संघसंगठनको सहमतिविना शिक्षा विभागको सिफारिसमा गरिएका निर्णयले आफूहरूलाई गम्भीर बनाएको शिक्षकहरूले बताएका छन्।

उनीहरूले शिक्षा समितिमा शिक्षकका पेसागत संघसंगठनलाई सहभागी गराउन, दरबन्दी मिलान कार्य तुरुन्त बन्द गर्न, शिक्षासँग सम्बन्धित भेला, गोष्ठी, बैठकमा शिक्षकका पेसागत संघसंगठनहरुलाई अनिवार्य आमन्त्रण गर्न माग गरेका छन्।

दूर शिक्षा कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र निष्पक्ष बनाउन, एफएमको क्षमता विकास गर्न, टेलिभिजनबाट समेत कक्षा सञ्चालन गर्न माग गरिएको छ। ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘दूरशिक्षा कार्यक्रममा अध्यापन गराउने शिक्षकको पारिश्रमिक अति नै न्यून भएकाले सम्मानजनक पारिश्रमिकको व्यवस्था गरियोस्।’

शिक्षकहरूले स्थानीय पाठ्यक्रम लागू गर्दा माध्यम भाषा ऐच्छिक रुपमा नेपाली/नेवारी/मैथिली/तामाङ/संस्कृतलगायत अन्य भााषालाई पनि बनाउन, महानगरपालिकामा कार्यरत सम्पूर्ण शिक्षक तथा

कर्मचारीलाई परिचयपत्रको व्यवस्था गर्न, विद्यालयका प्रधानाध्यापकलाई विभिन्न वहानामा दुःख दिने काम तत्काल बन्द गर्न माग गरेका छन्।

शिक्षकको सरुवा तथा पदस्थापना पेसागत संघसंगठनको परामर्शमा मात्र गर्न, काठमाडौं दरबार स्क्वायरबाट सार्न लागिएका श्रीकन्या माध्यमिक विद्यालय र कान्ति ईश्वरीराज्य लक्ष्मी माध्यमिक विद्यालयलाई आवश्यक पर्ने जग्गाको प्रबन्ध र भवन निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ।

यस्तै काजमा सरुवा गरिएका शिक्षकहरुको काज फिर्ता गरी सोही विद्यालयमा पदस्थापना गर्न उनीहरूले माग गरेका छन्।

ज्ञापनपत्रमा कमालदिन मियाँ (अध्यक्ष ए.अ.ने.शि.सं, काठमाडौं), विष्णुप्रसाद पनेरु (अध्यक्ष, ने.रा.शि.सं, काठमाडौं), रविन महर्जन (अध्यक्ष ने.शि.सं, काठमाडौं) ले हस्ताक्षर गरेका छन्।

यस्तै बाबुराम घिमिरे (अध्यक्ष, ए.अ.ने.शि.सं.,काठमाडौं महानगर), माधव ओली (उपाध्यक्ष ने.रा.शि.सं, काठमाडौं महानगर) र नारायणप्रसाद गौतम (अध्यक्ष, ने.शि.सं, काठमाडौं, महानगर) ले हस्ताक्षर गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार