असार २२, २०८२ आइतबार July 6, 2025

इजरायली आक्रमणमा गाजामा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र निजकी धर्मपत्नीको समेत घरमै निधन भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा सहर, जेठ ११ गते । गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिनुभयो ।

उहाँले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृतकमध्ये एकजना सात महिनाकी गर्भवती महिला रहेको थियो ।

उक्त घटनामा नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र उहाँकी धर्मपत्नीको समेत घरमै निधन भएको पुष्टि भएको छ ।

अन्य घातक आक्रमणहरू देइर अल बालाह, बेत लाहिया तथा खान युनिस जस्ता क्षेत्रमा पनि भएको जनाइएको छ ।

बस्सालका अनुसार, आइतबार मात्रै कम्तीमा २२ जनाको शव फेला पारिएको छ, जसमा केही बालबालिकाहरू पनि रहेका छन् । साथै दर्जनौँ घाइतेको उद्धार गरिएको छ र केही अझै बेपत्ता छन् ।

यी घटनाबारे हालसम्म इजरायली सुरक्षाफौजले कुनै आधिकारिक टिप्पणी दिएको छैन ।

हालैका दिनहरूमा इजरायली सेनाले गाजामा आफ्ना कारबाहीहरू तीव्र बनाएको छ, जसलाई उसले हमासलाई समाप्त पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

शनिबार दिउँसो, सेनाले पछिल्लो २४ घण्टामा गाजाभरि १०० भन्दा बढी स्थानमा आक्रमण गरेको दाबी गरेको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिँदै युद्धविराम अन्त्य भएको ५ मार्च यता तीन हजार ७८५ जनाको मृत्यु भइसकेको जनाएको छ । योसँगै युद्ध सुरु भएदेखि मृतकको कूल सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण नागरिकहरू रहेका छन् ।

सन् २०२३ को अक्टोबरमा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट युद्ध सुरु भएको थियो, जसमा एक हजार २१८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणमा २५१ जना इजरायलीहरू बन्धक बनाइएका थिए, जसमा हालसम्म ५७ जना अझै गाजामै रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार