असार १९, २०८२ बिहिबार July 3, 2025

६ महिनामा भिजिट भिसामा बाहिरिए एक लाख १४ हजार : आधाभन्दा धेरै सेटिङमा पठाइएको आकलन

उनी गएपछिका ६ महिनामा मात्रै  सवा लाख नेपाली भिजिट भिसामा विभिन्न देश पुगेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पछिल्लो ६ महिनामा एक लाख १४ हजार नेपाली भिजिट भिसामा विभिन्न देश पुगेका छन् । त्यसमध्ये आधाभन्दा धेरैलाई सेटिङमा वैदेशिक रोजगारीका लागि पठाइएको आकलन छ । यसरी पठाउँदा खाडी मुलुक जानेहरूसँग प्रतिव्यक्ति ५० हजारसम्म र युरोप जानेबाट तीन लाखसम्म असुली हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ ।

भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न देखिएपछि अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलगायतमाथि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ । गत २३ असोज (९ अक्टोबर)मा गृहमन्त्री रमेश लेखकले रोजेरै भट्टराईलाई विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुखका रूपमा सरुवा गरेका थिए । सुरेश पन्थीलाई चार महिनामै हटाएर विवादास्पद पृष्ठभूमिका उनलाई पठाइएको थियो । भट्टराई गएलगत्तै अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको थियो । उनी गएपछिका ६ महिनामा मात्रै  सवा लाख नेपाली भिजिट भिसामा विभिन्न देश पुगेका छन् ।

अध्यागमनकै मिलेमतोमा मानव तस्करी भइरहेको उजुरी अख्तियारमा समेत परेका थिए । अख्तियारले छापा मार्ने संकेत पाएपछि मन्त्री लेखककै निर्देशनमा भट्टराईलाई ६ जेठमा रातारात मन्त्रालयमा सरुवा गरिएको थियो । तर, उनले रमाना नबुझ्दै भोलिपल्ट ७ जेठमा अख्तियारले भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएर हाजिरी जमानीमा छाडेको थियो ।

नोभेम्बरमा १४ हजार ३६८ जनाले मात्र भिजिट भिसामा विदेश जान अनुमति पाएका थिए । डिसेम्बरदेखि सेटिङ बढेको अध्यागमनको तथ्यांकले देखाउँछ । त्यसयता अप्रिलसम्म एक लाख १४ हजार १६८ व्यक्ति भिजिट भिसामा बाहिरिएका छन् । डिसेम्बरमा १९ हजार ९०१, जनवरीमा २१ हजार ७०१, फेब्रुअरीमा १९ हजार ५३४, मार्चमा १९ हजार ६३५ र अप्रिलमा १९ हजार २९९ जना विदेश गएका छन् ।

अध्यागमनका एक कर्मचारीका अनुसार यसरी भिजिट भिसामा जानेमध्ये आधा घुम्न तथा कामविशेषले जाने गर्दछन् । आधाजसो एजेन्टहरूमार्फत जाने गरेका छन् । अझ महिलाहरूलाई खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएकाले पनि कतिपय मेनपावर कम्पनीले नै यसरी अध्यागमनमा सेटिङ मिलाएर भिजिट भिसामा सुरुमा दुबई लैजाने र त्यहाँबाट ओमान, कुवेत, इराक, रसियादेखि अमेरिकासम्म लगेर बिक्री गर्ने गरेका छन् ।

अध्यागमनको तथ्यांकअनुसार पछिल्लो ८ महिनामा युएईमा मात्रै भिजिट भिसामा ५० हजार ५०६ जना पुगेका छन् । भिजिट भिसामा हुने मानव तस्करीको ट्रान्जिट देश युएई भएको प्रहरी अधिकारी बताउँछन् । पुरुषभन्दा महिलाको मानव तस्करीमा अध्यागमनमा धेरै पैसा लेनदेन हुने गरेको छ । दिनमै ५० लाख औसत लेनदेन हुने गरेको सूचनाका आधारमा अख्तियारले छापा हानेर अनुसन्धान गरिरहेको छ ।

गृह मन्त्रालयको नेतृत्वसँगकै मिलेमतोमा भिजिट भिसाको सेटिङ मौलाएको स्रोत बताउँछ । कतिसम्म भने कामदार तथा विद्यार्थी भिसामा जाने कतिपयलाई समेत अध्यागमनका कर्मचारीले कागजपत्र नपुगेको भनेर फर्काउने गरेका थिए । तर, सेटिङका व्यक्तिहरूको हकमा भने उनीहरू कुन देश जाने भन्ने थाहा नहुँदासमेत प्रस्थान अनुमति दिने गरिएको थियो । साँच्चिकै घुम्न तथा कामले जान लागेका व्यक्तिहरूलाई नै ‘अफलोड’ हुने (फर्काइने) गरेकोमा उनीहरूले अध्यागमन विभागमा गएर उजुरी गर्थे । तर, यस्तो प्रवृत्ति सुधारमा चासो नदिएकाले विभागकै पनि मिलेमतोको आशंका गरिएको छ । पछिल्लो समय कार्यालय प्रमुखदेखि अधिकांश कर्मचारी गृहमन्त्री रमेश लेखकको सचिवालयमार्फत अध्यागमन पुगेका थिए । उनीहरू पुगेपछि सेटिङमा मानव तस्करी बढेको थियो ।

सेटिङमा ‘कोर टिम’

राम्रो आम्दानी हुने भएपछि गृह मन्त्रालयबाट विमानस्थल अध्यागमनमा जान कर्मचारीहरूको तँछाडमछाड चल्ने गरेकामा मन्त्रालयकै नेतृत्वको सिफारिसमा केही निश्चित व्यक्तिलाई दोहोर्‍याई, तेहेर्‍याई पठाउने गरिएको छ । स्रोतका अनुसार मानव तस्करी सेटिङका लागि अध्यागमनमा ‘कोर टिम’ तयार गर्न मन्त्रालय नेतृत्वले नै प्रोत्साहन गर्ने गरेको हो । जबकि बुधबार गृहमन्त्री रमेश लेखकले कर्मचारीमार्फत विज्ञप्ति जारी गर्न लगाएर अध्यागमन सेटिङमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए ।

अधिकृतहरूका अनुसार अध्यागमन प्रशासनमा राइँदाइँ गर्नेहरूको अलग्गै ‘कोर टिम’ छ । यो समूहका अधिकृतहरू पालैपालो एकपछि अर्को अध्यागमन पुग्छन् । यो समूहका अधिकृतहरू अध्यागमन जाने र केही समय मन्त्रालयमा बसेर पुनः अध्यागमनमै पुग्छन् । यही समूहमा पर्छन् गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल पनि । उनीविरुद्ध प्रहरीले ०८० माघमा मुद्दा चलाएको थियो ।…. आजको नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार