असार २३, २०८२ सोमबार July 7, 2025

गृहमन्त्रीमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको छ : डा. शसांक कोइराला

पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १२ गते । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनुभएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता कोइरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उहाँको चरित्र हत्या गर्ने काम भएकोप्रति आफु स्पष्ट भएको बताउनुभएको हो ।

गृहमन्त्रीले एक इन्च पनि गल्ती नगरेको र उहाँमाथि लगाइएका सबै आरोप गलत भएको दाबी गर्नुहुँदै मङ्गलबारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्च पनि उहाँले गल्ती गर्नुभएको छैन । जति पनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो । उहाँमाथि लान्छना लगाइएको छ, त्यो गलत हो । भोलि उहाँले संसदमा जवाफ दिनुहुनेछ ।’’

नेता कोइरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताउनुभयो ।

यसैगरी, उहाँले पार्टी चलाउन सङ्गठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै सङ्गठनलाई निकास दिनका लागिमात्रै बैठकहरु गरिरहेको स्पष्ट पार्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया