श्रावण १४, २०८२ बुधबार July 30, 2025

अमेजनका संस्थापक बेजोस हुदैँछ बिबाह, एक पाहुनाका लागि ७५ लाख खर्च

उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ बैशाख । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।

समाचार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।

विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । यो शाही विवाहमा करिब २०० जनालाई मात्रै निम्तो दिइने रिपोर्टमा दाबी गरिएको छ ।

समाचार अनुसार प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिने भएको छ, जसको कारण यो खर्चको निकै चर्चा परिचर्चा रहेको छ । र त, केही रिपोर्टहरूले यो संसारको सबैभन्दा महँगो विवाह हुने दाबी गरिरहेका छन्।

यो विवाहको लागि अतिथिहरूको सूची तयार पनि तयार भईसकेको छ। जानकारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं जेरेड कुशनरको नाम यस शाही विवाहमा अतिथिहरूको सूचीमा परेका छन्।

यसबाहेक किम कार्दशियन, क्रिस जेनर, केटी पेरी र ओर्ल्यान्डो ब्लूम, ओप्रा विन्फ्रे, बिल गेट्स र मिरान्डा केरजस्ता ठूला नामहरू पनि समावेश भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार