काठमाण्डौंः नेपाल तरुण दलमा आबद्ध भएको भनी सानूभाई भन्ने व्यक्तिले गृहमन्त्री रमेश लेखकको मुद्दा फिर्ता गर नत्र ज्यान मार्छु भनी युवराज सफल सँग भएको कुराकानीको अडियो समाजिक सञ्जालमा मार्फत बाहिर आएको विषयमा नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसै विषयमा नेपाल तरुण दलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर संगठनलाई बदनाम गराउन खाजेको भन्दै युवराज सफल र सानुभाईलाई कारबाहीको दायरमा ल्याउन माग गरेको छ ।
‘ती दुई पक्षहरुकाबिच नेपाल तरुण दलको नाम जोडेर आएको उक्त अडियोको निष्पक्ष छानबिन गरी हाम्रो संगठनलाई दुर्भावना राखी बदनाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानुभाई दुवैलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारवाहिको प्रक्रिया अघि बढाउन प्रशासनलाई अनुरोध गर्दछौँ,’जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
दुर्भावना राखी बदनाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानुभाई दुवैलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारवाहिको प्रक्रिया अघि बढाउन प्रशासनलाई तरुण दलले माग गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया