असार २३, २०८२ सोमबार July 7, 2025

गणतन्त्रविरुद्ध आक्रमण हुँदा एमाले मूकदर्शक बनेर बस्दैन : राजेन्द्र गौतम

उपत्यकामा रहेका सबै कमिटीलाई निश्चित संख्याका नेता कार्यकर्तासहित कार्यक्रममा सहभागी हुन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेकपा एमालेले आयोजना गरेको वृह्त्त जनप्रदर्शनको तयारी प्रेस चौतारी नेपालले भव्य रुपमा गरिरहेको छ ।

चौतारीले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमले गणतन्त्रमामाथि आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताएका छन् । ‘ अरु पार्टी र संगठन के गर्दछन् त्यो उहाँहरुको नीति र निष्ठाको विषय हो’ गौतमले भने ‘नेकपा एमाले गणतन्त्र विरोधीलाई निस्तेज पार्न र गणतन्त्रको पक्षमा माहोल बनाउन सधैं अग्रपंक्तीमा हुनेछ । ’

गौतमले जेठ १५ गतेको कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि प्रेस चौतारीले प्रचारप्रसारको कामलाई तिव्रता दिन गौतमले निर्देशन दिए । उनले सबै प्रकारका सञ्चार माध्यम र सामाजिक सञ्जाललाई समेत कार्यक्रमका पक्षमा माहोल बनाउन केन्द्रित गर्न उनले निर्देशन दिएका छन् ।

अध्यक्ष गणेश पाण्डेले उपत्यकामा रहेका सबै कमिटीलाई निश्चित संख्याका नेता कार्यकर्तासहित कार्यक्रममा सहभागी हुन निर्देशन दिएका छन् । उनले प्रेस चौतारीले आजैबाट आम सञ्चर माध्यम र सामाजिक सञ्जाल मार्फत कार्यक्रमको व्यापक प्रचार गर्नुपर्ने बताए । ‘हिजोबाटै पार्टीका कमिटी र जनसंगठनहरु भेलाको तयारीमा जुटेका छन् । यी विषयहरुलाई समाचारको माध्यमबाट व्यापक रुपमा प्रचार गरौं’ पाण्डेले भन्नुभयो ‘पार्टीका अभियानमा चौतारी आम सञ्चार माध्यम मार्फत शसक्तरुपमा उपस्थित हुनु पर्दछ । ’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया