काठमाडौँ। भारतमा कोभिड १९ फैलिएसॅंगै नेपालको काठमाडौँ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पतालमा पनि एक सातादेखि गाइनियो वार्डमा भर्ना भएका गर्भवती तथा सुत्केरीमा समेत कोभिड १९ प्रमाणित भएको छ ।
धुलिखेल अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारका अनुसार कोभिड -१९ प्रमाणित भएका बिरामीलाई पहिला जस्तै सुरक्षा अपनाएर माक्स लगाउने, स्यानिटाइजरले हात सफा गर्ने र छुट्टै कोठामा राखी उपचार गरिएको छ । राउण्डमा पनि २ जना मात्र जाने लगायतका सुरक्षा अपनाएको छ ।
यो कुन भेरियन्ट हो भन्ने प्रमाणित भएको छैन । सकेसम्म बिरामी र आफन्तलाई सुरक्षा अपनाउन सल्लाह दिएका छौँ । यसका साथै कोभिड १९ सङ्क्रमितलाई छिटो डिस्चार्ज गरी घरमै सुरक्षा अपनाउन सल्लाह दिएको डा. ताम्राकारले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया