असार २२, २०८२ आइतबार July 6, 2025

द्विपक्षीय व्यापार मात्रा बढाउने बाटोहरू खोज्न सहमत

दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउनेमा केन्द्रित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १४ गते । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सबीच भेटवार्ता भएको छ ।

बुधवार साँझ काठमाडौंमा पराष्ट्रमन्त्री राणासहितको नेपाली प्रतिनिधि मण्डल र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्ससहतिको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. राणाले छलफलमा कृषि, व्यापार, लगानी, पर्यटन, शिक्षा र बहुपक्षीय संलग्नता लगायत धेरै क्षेत्रमा छलफल भएको बताउनु भयो । दुई देशबीच घनिष्ठ, सौहाद्र्धपूर्ण र लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाईमा पुराउनेबारेमा छलफल केन्द्रित रहेको बताउनु भयो । द्विपक्षीय व्यापार मात्रा बढाउने बाटोहरू खोज्न सहमत भएको बताउँदै थप आर्थिक संलग्नताको आवश्यकता महशुस गरेको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा पर्यटन दुवै देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ भएको पर्यटन क्षेत्रमा सहयोगको महत्वलाई जोड दिइएको बताउनु भयो । दुवैले दुई देश र जनतालाई नजिक ल्याउन न्युजिल्याण्डमा रहेका नेपाली डायस्पोराले खेलेको भूमिकाको कदर गर्दै देशहरूबीचको सुदृढ र दिगो द्विपक्षीय सम्बन्धको लागि जनता–जनता सम्बन्धको महत्वलाई जोड दिइएको बताउनु भयो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले छलफल दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउनेमा केन्द्रित रहेको बताउनु भयो ।

उहाँले नेपाल र न्युनिल्याण्ड बीचको सम्बन्ध सौहार्द्र र मित्रताले भरिएको उल्लेख गर्दै १९६१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र न्युजिल्याण्डले सद्भावना, पारस्परिक विश्वास र सहयोगमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको बताउनु भयो ।

नेपाल र न्युनिल्याण्डबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षमा स्वतन्त्र, स्पष्ट र गहन छलफल भएको दुई देशको दाबी छ । सगरमाथा आरोहणमार्फत नेपाल–न्युनिल्याण्ड सम्बन्ध विस्तार भएको थियो । एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको योगदानलाई पनि भेटका क्रममा स्मरण गरिएको छ । द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सँगै काम गर्न तत्पर रहेको दुवै देशको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार