असार २१, २०८२ शनिबार July 5, 2025

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् ।

विदेश मन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधीको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन् । उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताएका हुन् ।

हामासले सन २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि दीर्घकालसम्म जर्मनीले संयुक्त राज्य अमेरिकासँगै इजरायलको कारबाहीलाई समर्थन गरेको थियो । तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।

गाजाको सन्दर्भमा यो भनाइ विदेश मन्त्रीको र चान्सलर फ्रेडरिक मर्जको अहिलेसम्मको सबैभन्दा कडा भर्त्सना भएको बताइएको छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार